५ वर्ष यताकै न्यून धान उत्पादन, ५१ लाख मेट्रिक टन धान उत्पादन हुने

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादन घट्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विगत ५ वर्ष यताकै न्यून धान उत्पादन हुने भएको हो ।

मन्त्रालयले चालु आवमा गत आव २०७७/७८ को तुलनामा ८.७४ प्रतिशतले धान उत्पादनमा कमि आई ५१ लाख ३० हजार मेट्रिक टन हुने अनुमान गरेको छ ।

असोज ३१ देखि कार्तिक ३ गतेसमम परेको हावाहुरी सहितको बर्षाले मुख्यरुपमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कन्चनपुर, बर्दिया, बाँके र कपिलबस्तु जिल्लामा धान थन्क्याउने बेलामा पारेको क्षतिले समग्र राष्ट्रय धान उत्पादनमा कमि आएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत आवको तुलनामा गण्डकी प्रदेश बाहेकमा धान उत्पादन वृद्धि क्रणात्मक रहन गयो भने सुदूरपश्चिममा ३१.४९ प्रतिशत र लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशतको उच्च गिरावट हुन आएको छ । चैते धानको उत्पादकत्व गत आवको तुलनामा ०.३२ प्रतिशतले वृद्धि हुन आई ४.६८ मेट्रिक टन प्रति हेक्टर कायम हुन आएको छ ।

गत आवको तुलनामा धान बाली लगाईको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको वृद्धि हुन आएको छ भने उत्पादकत्वमा ९.०९ प्रतिशतले हस आई ३.४७ मेट्रिक टन प्रति हेक्टर कामय भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स