सडक विभागको महानिर्देशकमा सापकोटा नियुक्त

काठमाडौं । सडक विभागको महानिर्देशकमा ई. शिवहरि सापकोटा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बुधबारको मन्त्रिस्तरिय निर्णयबाट सापकोटालाई महानिर्देशकमा नियुक्त गरिएको हो ।

सापकोटाले शुक्रबारदेखि महानिर्देशकको कार्यभार समालेका हुन् ।

उनी २०५२ साल जेष्ठमा हवाई विभागको इन्जिनियरिङ सेवाबाट निजामती सेवामा प्रदेश गरेका हुन् । उनले हवाई विभागमा ५ वर्ष काम गरेका थिए । त्यसपछि उनी निरन्तर रुपमा सडक विभागको विभिन्न आयोजना प्रमुख, उपमानिर्देशक तथा मन्त्रालयको विभिन्न पदमा रहेर काम गरिसकेका छन्

कोभिड-१९ को कारण पछिल्लो समय विकास खर्च कम रहेको छ । विकास खर्चलाई कसरी बढाउन सकिन्न भन्नेतर्फ केन्द्रीत भएर काम गर्ने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स