नौ वटा गन्तव्यमा उडान भर्दै गुण एयरलाइनस

काठमाडौं । गुण एयरलाइन्सले उडान गन्तव्य विस्तार गरेको छ । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत नियमित उडान सुरु गर्न लागेको कम्पनीका प्रवक्ता एवम् बजार प्रमुख प्रज्वल थापाले बताए ।

पछिल्लो समय नौवटा गन्तव्यमा व्यवसायिक उडानको योजना बनाएको हो । कम्पनीले प्रादेशिक उडानका लागि पनि गृहकार्य गरिरहेको उनले बताए ।

गुणले आठ ठाउँ नियमित उडान गरिरहेको गुणको सुर्खेत नवौं गन्तव्य हो । गत असोजबाट आफ्नो सेवा पुनः सुरु गरेको कम्पनीले भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगन्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान गरिरहेको छ ।

यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाई सेवा दिनु मुख्य उद्देश्य रहेको थापाले जानकारी दिए ।
हामी सुरक्षाको प्रत्याभूतिसहितको सेवा दिइरहेका छौं, उनले भने, यात्रुको चापको अवस्था र हाम्रो जहाजको अनुकूलताअनुसार गन्तव्य थप्न लागेका हौं ।’

हाल कम्पनीले पाँचवटा जेटस्ट्रिम र दुई विचक्राफ्ट जहाजमार्फत उडान भरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स