नबिल इन्भेष्टमेन्ट बैंकिंगले ल्यायो आजिवन डिम्याट खाता योजना, के के छन् फाइदा ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमम ‘आजिवन डिम्याट खाता’ २०२२ अफर ल्याएको छ ।

कम्पनीले आजिवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी २ हजार २२ रुपैयाँमा जिवनभर नवीकरणको झन्झटबाट मुक्त हुने अफर ल्याएको हो । कम्पनीको आजिवन डिम्याट खाता मेरो सेयरबाट पनि खाता खोल्न सकिने जनाएको छ ।

कम्पनीले यो योजना जनवरी ०१, २०२२ को डिसेम्बर अन्तिमसम्म १ वर्षका लागि ल्याएको हो । यस्तो सुविधा विद्यमान खातावालाहरूले पनि आफूले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गर्दा पनि लाभ लिन सक्नेछन् ।

कम्पनीले नयाँ खाता खोल्न चाहने खातावालाहरूलाई आफ्नो डिम्याट खाता नवीकरण गराउन विभिन्न संस्थाहरूमा धाउनु पर्ने झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना ल्याएको हो ।

यो योजना पौष २६, २०७७ देखि लागू गरेको थियो । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरूले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरी आजिवन नवीकरण गरेका थिए । तर, यो नयाँ वर्ष २०२२ बाट ९७८ रूपैयाँ छुट सहित दुई हजार २२ रुपैयाँमा आजिवन नवीकरण गर्न मिल्ने नयाँ योजना कम्पनीले सावर्जनिक गरेको हो ।

यसका साथै आजिवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ ।

यसैगरी नवीकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स