राजस्व संकलन र विकास निर्माणका काममा तीव्रता,पाँच महिनामा साढे ११ करोड राजस्व संकलन

काठमाडौं । टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा ११ करोड ५८ लाख राजस्व संकलन भएको छ ।

टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौं नगरसभामा नगरपालिकाले राजस्व संकलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका योजनालाई प्राथमिकता दिएको बताए । ‘कुनै पनि राजनीतिक दल र जनतालाई विभेद नगरी योजना वितरण गर्दा टोखाको विकासले गती लिएको छ’, उनले भने । टोखाको विकासमा जनप्रतिनिधिको साझा दायित्व भएको उनको भनाइ छ ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरसभाबाट पारित भएको बजेटलाई यथासक्य छिटो कार्यान्वयनमा लैजाने बताए । दशौं नगरसभा नेपाली कांग्रेसले भने बहिष्कार गरेको छ । नगरपालिकाको बैठक बसेर निर्णय गर्नुभन्दा पहिले नै हस्ताक्षर गराउने परिपाटीको सुरुआत गरिएको भन्दै कांग्रेसले उक्त बैठक बहिष्कार गरेको हो ।

बैठक बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का अध्यक्ष सिंहराज श्रेष्ठ, वडा नं ६ का अध्यक्ष महेश्वर केसी, वडा नं ८ का वडाध्यक्ष केशवबहादुर खत्री र वडा नं ११ का अध्यक्ष उत्तम अधिकारी रहेका छन् ।
टोखा वडा नं ८ का वडाध्यक्ष खत्रीले नगरप्रमुखले एकलौटी बैठक सञ्चालन गर्न खोजेपछि आफूहरुले बैठक बहिष्कार गरेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स