नेप्सेमा सामान्य सुधार, बजार पुँजीकरण २३ अर्बले बढ्यो

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य अंक बढेको छ । गत साता २५२०.२३ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.३२ अंक बढेर २५२४.५० विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै यस साता कारोबार रकम, सेयर संख्या, कारोबार संख्या बढेको छ । यस साता दैनिक औषतमा ५३ हजार ५८८ पटकको कारोबारमा ४ अर्ब ३८ करोड रुपैयाँको करिब ७६ लाख कित्ता सेयर खरिद बिक्री भएको छ ।

साताको दैनिक औषत कारोबार रकम यस साता २६.५९ प्रतिशत बढेको छ भने सेयर संख्या १३.११ प्रतिशत र कारोबार संख्या १४.८८ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३५ खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण, यस साता २३ अर्ब रुपैयाँ बढेर ३५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स