३ करोड भारुभन्दा बढीको आयात गर्दा एलसी अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै ३ करोड भारुभन्दा बढीको वस्तु आयात गर्दा एलसी (प्रतीतपत्र) अनिवार्य गरेको हो ।

५ करोड रुपैयाँभन्दा बढिको बस्तु आयात अनिवार्य रुपले प्रतितपत्रमार्फत गर्नु पर्ने ब्यवस्थालाई पुनरावलोकन गर्दै राष्ट्र बैंकले सीमा घटाइ दिएको हो। अब तीन करोडभन्दा माथिको सामान आयात गर्नु परे एलसी खोल्नु पर्ने व्यवस्था गरिएको छ ।

यसरी प्रतीतपत्र, ड्राफ्ट वाटीटीको माध्यमबाट सामान आयात गर्दा प्रचलित व्यवस्था बमोजिम २ वटा १० प्रतिशत धरौटी लिनुपर्नेछ । र, सो रकमबाट भन्सार महसुल बुझाउने प्रयोजनको लागि आयातकर्ताको अनुरोधमा चेक उपलब्ध गराउने सकिनेछ ।

नेपालमा दर्ता भएका फर्म, कम्पनी, संघ संस्थाले भारतस्थित नियोग, संघ, संस्था, कम्पनीसँग लिने विभिन्न सेवा शुल्क भुक्तानीको लागि भारतीय रुपैयाँ ३ लाखसम्मको सटही सुविधा दिइनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/FXMD-Circular-17_2078.79.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स