अनलाइन पत्रकार संघको अध्यक्षमा सापकोटा निर्वाचित

काठमाडौं । अनलाइन पत्रकार संघको अध्यक्षमा डिल्लीप्रसाद सापकोटा (अर्थबजार डटकम) निर्वाचित भएका छन् । अनलाइन पत्रकार संघको ११ औं साधारण सभाबाट सापकोटाको नेतृत्वमा ७ सदस्या कार्यसमिती निर्विरोध चयन भएको हो ।

संघको नवनिर्वाचित उपाध्यक्षमा गोविन्द अधिकारी (हाम्राकुरा डटकम), सचिवमा गोविन्द मरासिनी (काठमाडौं प्रेस), कोषाध्यक्षमा निर्दोष घोरसाइने (हाम्रो अर्थ डटकम) चयन भएका छन् ।

यस्तै सदस्यहरुमा प्रजु पन्त (उकेरा डटकम), अमृत पौडेल (नयाँपुस्ता डटकम) र रबिराज बराल (मिडिया कुराकानी डटकम) रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स