राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने

काठमाडौं ।नेपाल रिङ रेस्लिङ संघको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ ।

बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा हेभी वेट, हार्डकोर, मिडल वेट, ट्याग टिम र लाइट वेट खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

हेभी वेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार र लाइट वेट च्याम्पियनले २५ हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका–१३ ले सहयोग गरेको छ । प्रतियोगिता सञ्चालन गर्न १५ लाख खर्च लाग्ने बताइएको छ । जलवायु दिवसको उपलक्ष्यमा दोस्रो आरडब्लु विन्टर स्लाम सिन्धुपाल्चोकको वुफडाँडामा आइतबारदेखि हुने श्रेष्ठले जानकारी दिए ।

जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । हेभी वेट च्याम्पियनले ७५ हजार, हाडकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ४० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार र लाइट वेट च्याम्पियनले ३५ हजार पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको अनुमानित लागत १० लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स