साताको अन्तिम दिन यति धेरैले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको अन्तिम दिन (शुक्रबार) छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १२ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स