नेपाली भाषाको सामाजिक दृष्टिकोण: लगानीकर्ता राजेश कार्कीको लेख

मानिस झैं भाषाको पनि आफ्नै समाज, संस्कृति हुन्छ । भाषा सामाजिक सञ्चारको माध्यम मात्र होइन, सामाज निर्माणको महत्वपूर्ण आधार पनि हो। समाजले भाषा निर्माण गर्छ र भाषाले समाजलाई पनि एक आकार प्रदान गर्दछ। भनिन्छ, प्रत्येक दश कोसमा बोली वा भाषा परिवर्तन हुन्छ । त्यसको अर्थ बोली मात्रै परिवर्तन हुन्छ भन्ने होइन । सूक्ष्म हिसाबले समग्र समाज, व्यवहार, विचार र संस्कृति पनि परिवर्तन हुन्छ र अझ भनौं दस कोस त एउटा भनिने कुरा मात्र हो (वाक्यांश मात्र  हो ) , वास्तविकता त यो हो कि प्रत्येक सानो पारिवारिक समूह भौगोलिक सीमामा  बसोबास गरेपछि, भाषाको  प्रकृति कुनै न कुनै रूपमा परिवर्तन हुन्छ।

यसमा शब्दहरूको उच्चारण, उच्चारण गरिने स्वर को आवाज ( चर्को या मसिनो स्वर ), बोल्ने तरिका, व्याकरण, प्रयोग गरिएका शब्द, गीत र गाली तथा अपशब्दहरू, आदि समावेश छन् । यस परिवर्तनको मुख्य कारण भनेको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक र मानवशास्त्रीय परिवर्तनहरू हुन् । यो दुरी जति-जति ज्यादा बढ्दै जान्छ भाषाको पनि स्वरुप त्यसै अनुपातमा भिन्न-भिन्न हुँदै जान्छ, एक सिमा पछि त त्यसलाई अर्को भाषा मानेर स्वीकार गरेको पनि पाइन्छ ।

प्रसिद्ध फिलोलोजिस्ट विलियम लाबोभले ‘R’ शब्दको उच्चारणमा गहिरो सामाजिक प्रयोग न्यूयोर्कमा गरे। उनले के पाए भने अलग अलग सामाजिक वर्गका मानिसले ‘R’ शब्दको उच्चारण अलग अलग प्रकारले गर्दछन । यहाँ सम्म कि एकै पसलको केहि उच्च बर्गीय स्टाफले त्यहि शब्दमा ‘R’ लाई मिलाएर उच्चारण गर्दछन भने केहि स्टाफले “R” लाई हटाएर उच्चारण गर्दछन । भाषाको  सामाजिकताको सन्दर्भमा अंग्रेजी लगायत अन्य समृद्ध भाषाहरूमा एक एक अक्षरमा धेरै प्रयोगहरू  भएका छन् । मात्र ‘R’ अक्षरमा एलन हबल, रोजर फाउलर, माथर जस्ता धेरै भाषाविद्हरूले काम गरेका छन् । यसले धेरै रोचक निष्कर्ष निकालेको छ । जहाँसम्म मलाई थाहा छ नेपालीमा यस्तो अनुसन्धान नगण्य छ । नेपालीमा यस्तो काम यस कारणपनि कम छ किनभने साक्षात्कार र फील्ड एक्सपेरिमेंट जस्ता अनुसन्धान विधिहरूका लागि अथक श्रम, प्रोत्साहन र आर्थिक-प्रशासनिक सहयोग चाहिन्छ र आर्थिक-प्रशासनिक सहयोग बिना कुनैपनि अनुसन्धानकर्ताले आफैं यस्तो जोखिम मोल्ने आँट गर्न सक्दैन।

नेपाली भाषाको पारस्परिक सामाजिक प्रभावको कुरा गर्दा त्यहाँ बोलिने भाषामा क्षेत्र अनुसारको सामाजिक प्रभाव स्पष्ट देख्न सकिन्छ । उदाहरणका लागि, पुर्व तिर बोलिने नेपाली भाषा र सुदुर  पश्चिम तिर बोलिने नेपाली भाषामा ठूलो भिन्नता छ । जहाँ सम्म मेरो अनुभव छ त्यसले के भन्छ भने पश्चिम तिर जहाँ अलि ठाडो भाषाको प्रयोग हुन्छ भने पुर्व तिर, भने अर्कै प्रकारको मनोवृत्ति देखिन्छ, पुर्व तिर अलिक बढी आदर र नम्रता झल्किन्छ । यसको कारण त्यहाँको भौगोलिक-सामाजिक-ऐतिहासिक अवस्था हो । काठमाडौँ लगायत कतिपय ठाउँ जहाँ पहिलेका रजौटाहर का अवशेष रहेका छन् । त्यहाँ तिनीहरूको भाषामा ओहोदा तथा मान सम्मानको गुण छ । त्यसैले त्यहाँ आइबक्सिओस, खाइक्सियोस, राज होस् जस्ता सम्मानार्थी शब्दको प्रयोग ज्यादा हुन्छ । तराइका क्षेत्रहरूले बुद्ध, अस्टाबक्र, राजर्षी जनकको ज्ञानको धन पाए, समथर र उर्वर मैदान खेतीपातीका लागि उपलब्ध भयो र समृद्ध प्रदेश पायो प्राकृत र पाली भाषाको सम्पदा प्राप्त भयो ।

त्यसैले यहाँ भाषामा ओजसको गुणभन्दा ज्ञान, प्रेम, भक्ति र श्रृंगार बढी हावी छ। काठमाडौँका स्थानीय नेवार समुदायले ‘त’ लाई ‘ट’ उच्चारण गर्दछन भने तराई भेगमा अझै पनि ‘द्र’ का साटो ‘दर’ प्रयोग हुन्छ जस्तै शैलेन्द्रका ठाउँमा शैलेंदरको उच्चारण गरिन्छ । यो भिन्नता भाषा र उच्चारणको स्तरमा मात्र नभई त्यहाँको सामाजिक हैसियत, संस्कृति र जीवन शैलीमा पनि यो भिन्नता प्रस्ट हुन्छ । एउटै भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति र धर्मका मानिसहरुको पनि फरक फरक भाषा शैली छ । एउटै व्यक्तिले अर्को जात, लिङ्ग, धर्म र पेशाको व्यक्तिसँग कुरा गर्दा भाषाशैली फरक-फरक हुन्छ । र, यो भिन्नता साहित्यको स्तरमा पनि प्रस्ट हुन्छ। फरक–फरक व्यवसायको भाषा फरक–फरक हुन्छ ।

जहाँ व्यवस्थापनको भाषा फरक हुन्छ, विभिन्न तहका कर्मचारीको भाषा फरक हुन्छ । यदि अटो चालकको भाषा फरक छ भने उसंग सम्पर्कमा आउने रिक्सा चालक र किसानको भाषा पनि परिवर्तन हुन्छ । सानो पसलका पसलेको भाषा फरक हुन्छ भने ठुलो मलका कर्मचारी र फुटपाथका पसलको भाषा फरक फरक हुन्छ । कुनै व्यक्तिकोसँग कुरा गरिरहेको छ यसले पनि, तिनीहरूको भाषा परिवर्तन हुन्छ । फिल्म र नाटकहरूमा निम्न वर्गका पात्रहरूको भाषा क्षेत्रीय बोलीबाट प्रभावित हुन्छ । जबकि उच्च पात्रहरूले परिष्कृत र शुद्ध नेपाली नै बोल्छन् ।

यसबाहेक विभिन्न भाषाको संरचनाले पनि धेरै कुरा बताउँछ । संस्कृत भाषामा जहाँ तीन लिङ्ग हुन्छ र तेस्रो लिङ्ग अर्थात नपुंसक लिङ्गलाई पनि समान महत्व दिइएको छ भने नेपाली वा अङ्ग्रेजीमा पुल्लिंगी र स्त्रीलिंगी दुई लिङ्ग मात्र छन् । संस्कृत, अङ्ग्रेजी र फारसीजस्ता  भाषाहरूमा क्रियापदहरू लिंगका आधारमा परिवर्तन हुँदैनन् भने नेपालीमा क्रियापदहरू संज्ञाको लिङ्गअनुसार परिवर्तन हुन्छन् । उदाहरणका लागि, संस्कृतमा रामः आम्रम् खादति र सीता आम्रम् खादति, अंग्रेजीमा Ram eats a mango और Sita eats a mango, जबकि नेपालीमा रामले आँप खान्छ र सीताले आँप खान्छिन् हुन्छ।

भाषाको संरचना र शैलीको स्तरमा, यो भिन्नता क्षेत्र र समाजको विभिन्न परिस्थितिहरूको सूचक हो । भाषाको सामाजिक अध्ययन गर्दा कुन देशमा कति सहिष्णु समाज छ, कति विविधतायुक्त छ, महिला, नपुंसक र तल्लो वर्ग, अपाङ्ग, विभिन्न जात, धर्म र विभिन्न पेशाका व्यक्तिहरूका साथ कसरि ब्यबहार गरिन्छ भन्ने थाहा पाउन सकिन्छ । त्यहाँको मानिसको मूल स्वभाव के हो ? रहन सहन कस्तो छ ? आदि काल देखि चलि आएको अधिकांस कविता या श्लोकमा शब्दको जुन स्वरुप देख्न सकिन्छ त्यो अकारण हैन । नेपाली बिरहरु को देश हो त्यसैले यहाँ कविता तथा श्लोक मै पहिले बिरगाथा गाउने चलन थियो पछि भाषामा सौम्यता थपियो, जस्तै पुर्व तिर गाउँ घरमा अझै बालन, संगिनी गांउने चलन छ ।  बागलुङ तिर गाउने लोपप्राय हुन अटेको लालैगित, त्यसमा भाषाको मिठास झल्किन्छ  र  अहिले त कविता तथा अन्य साहित्य श्रृंगारयुक्त र प्रेमका भाषाले युक्त भएको छ । कुनै पनि समाजको अध्ययनका लागि त्यहाँको भाषाको अध्ययन अति आवश्यक हुन्छ, निश्चय नै भाषाको अध्ययनविना कुनै पनि सामाजिक अध्ययन अधुरो हुन्छ ।

भौगोलिक तहको कुरा गर्दा हिउँ पर्ने क्षेत्रको भाषा, हिमाली क्षेत्रको भाषा, मध्य पहाडी क्षेत्रको भाषा र तराईको भाषामा ठूलो भिन्नता छ । अङ्ग्रेजीमा हिउँका लागि ‘आइस’ र ‘स्नो’ शब्दहरू पाइन्छ भने एस्किमो भाषामा यसको लागि धेरै शब्दहरू छन् । फ्रान्ज बोआस र जोन स्टेक्ली जस्ता प्रसिद्ध मानवशास्त्रीहरूले यसबारे पर्याप्त अनुसन्धान गरेका छन् । उनले एस्किमो भाषामा हिउँका लागि ५० भन्दा बढी शब्दहरू पहिचान गरेका छन् । नेपालमा अहिले मोटामोटी १३१ प्रकारका भाषा बोलिन्छन र यी भाषाहरू एउटै श्रोत भाषाबाट उत्पन्न भएको मान्न गाह्रो हुन्छ ।

भाषाको यो क्रमिक परिवर्तनसँगै सामाजिक–भौगोलिक अवस्थापनि समानान्तर रूपमा परिवर्तन भइरहन्छ। भाषा कसरि परिमार्जित हुँदै जान्छ क्रमिक विकास ले यसमा के कति फरक पार्दछ ? त्यसमा कुन कुन अन्य बाह्य कारण जुडदछ र भाषा का ब्याकरण के र कुन कारण ले बदलिन्छ यसमा बिज्ञको शोध को आवस्यकता छ ।

(कार्की विगत १० वर्षदेखि पुँजी बजारमा सक्रिय छन्)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स