एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ वर्षमा ‘होल बडी चेकअप’ गराउँदा २० प्रतिशत छुट दिने

काठमाडौं । एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए ।

बरालले भने, ‘एभरेष्ट अस्पतालले प्रत्येक बर्ष केही न केही नयाँ अफरहरु दिदै आएको छ । यस बर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरु लिएर आएको छ ।’

उनको अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् ।

पुस १६ गतेबाट पुस २५ गतेसम्ममा होलबडि चेकअप गर्ने विरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै बिहानको ६:३० बजे भन्दा अगाडी सुगरका बिरामीले सुगर जाँच गराउँदा १०० प्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स