कुमारी बैंकलाई सिस्टम ह्याक गर्ने इमेल, बैंकको वेबसाइट बन्द

काठमाडौं । कुमारी बैंकलाई सिस्टम ह्याक गर्ने इमेल आएको छ । गत साउनमा पनि सिस्टम ह्याक गर्ने भन्दै यस्तै इमेल आएको थियो ।

कुमारी बैंकले इमेल आएको जानकारी राष्ट्र बैंकलाई गराएको हो । साउदी ग्रुप अफ कम्पनी नामबाट कुमारी बैंकको इलेम ह्याक गर्ने इमेल आएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

उक्त इमेल आएपछि बैंक तथा वित्तीय संस्थालाई उच्च सतर्कता अपनाउन सचेत गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बिहीबार सार्वजनिक विदा परेकाले पनि कुमारी बैंकले सतर्कता अपनाउँदै आफ्नो वेबसाइट बन्द गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स