सनराइज बैंकको लाभांश पारित

काठमाडौं । सनराइज बैंकले ७ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको १४ औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश कुल ७ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ रहेकोमा यस साधारण सभाबाट पारित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजीमा १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ कायम हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स