नेपाल बैंकद्वारा नेपाल बैंक छत्रमान सिंह स्वर्ण पदक प्राप्त गर्ने विधार्थीलाई सम्मान

काठमाडौं । नेपाल बैंकले त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ । भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्वबिद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वबिद्यालयका कुलपति शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक प्रदान गरेका थियो ।

विसं २०२२ साल माघ ११ गते एक लाख रुपैयांको अक्षयकोष स्थापना गरि शुरु भएको उक्त पदक त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ । नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा पुस १४ गते आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक लिमिटेडको नाममा स्थापित छत्रमान सिंह केसी स्वर्ण पदक प्राप्त गरेकोमा पदक विजेता बबिता ग्वाछालाई बधाई दिँदैै सम्मान गरेका थिए ।

साथै, भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंकको गरिमा बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुनेछ भन्ने शुभेच्छा व्यक्त गरेका थियो । कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विधार्थीहरुको लागि प्रेरणाको श्रोत बन्न पुगेको पनि उनले बताए । कार्यक्रममा पदक बिजेता विधार्थी बबिता ग्वाछाले नेपाल बैंक लिमिटेडकोे नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैक प्रति हार्दिक आभार व्यक्त गरिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स