इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश (पत्रसहित)

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिप्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । सहकारीमा रकम बचत गर्नेहरूको रकम ठगी गरिको आरोपमा उनलाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामाङले ठगी गरेको निष्कर्षसहित ५ अर्ब ६७ करोड बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा दायर मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जानकारी दिएको छ । तामाङका साथै अदालतले सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । उनीहरूसँगै थुनिएकामध्ये ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।

पूर्वलेखासमिति सदस्य हरिहर लामिछानेलाई ५० लाख, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई १५ लाख, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधारलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख र सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंहसँग अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ ।

साथै अदालतले जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार रुपैयाँ माग गरेको छ ।

जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुंगानालाई ५ लाख र असिस्टेन्ट संगीत श्रेष्ठलाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।

तामाङविरुद्ध एक हजार ४९९ जना बचतकर्ताले किटानी जाहेरी दिएका थिए ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/12/P2_Ichchharaj-tmang20780914.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स