नबिल बैंकसँगको मर्जरको चर्चासँगै नेपाल बंगलादेश बैंकको सेयरमा आकर्षण बढ्दो

काठमाडौं । नबिल बैंकसँग मर्जर हुने चर्चा पुन चलेसँगै नेपाल बंगलादेश बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । नबिल बैंकसँग मर्जरको चर्चासँगै नेपाल बंगलादेश बैंकको सेयर मूल्य ९.०८ प्रतिशतले बढेको छ ।

आज (बुधबार) नेपाल बंगलादेशको सेयर मूल्य ३३.५ रुपैयाँ बढेर ४०२ रुपैयाँमा पुगेको छ । बैंकको सेयर १ हजार ९६९ पटकमा ५ लाख २५ हजार ९४४ कित्ता कारोबार भएको छ ।

नेपाल बंगलादेश बैंकको तुलनामा नबिल बैंकको सेयर मूल्य करिब ४ गुणा धेरै छ ।

नबिलसँग मर्जर हुँदा स्वाप रेसियो राम्रो पाउने आशमा लगानीकर्ताहरु नेपाल बंगलादेशको सेयरमा आकर्षित भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स