हावामा उडिरहेको विमानको विन्डस्क्रीनमा अचानक बरफको टुक्रा खसेपछि….

एजेन्सी । ब्रिटिस एयरवेजको एक विमान क्रिसमसको दिन लन्डनको गेटविकबाट कोस्टारिकाको स्यान जोसको यात्रा गरिराखेको थियो । हावामा उडिरहेको बेला अचानक विमानमा एउटा बरफको टुक्रा आएर ठोकिन पुग्दछ ।

विमानको हावा छेक्न प्रयोग हुने २ इन्च बाक्लो विन्डस्क्रीनको उक्त सीसा बरफको टुक्रा ठोकिएर फुट्छ । २ इन्च बाक्लो विन्डस्क्रीन बुलेटप्रूफ सीसा समान हुन्छ ।

उक्त घटना १० लाख मा एक पटक हुने विशेषज्ञले बताएका छन् । यो घटना बोइङ-७७७ विमान जब ३५ हजार फिटको उचाइमा उडिरहेको बेला भएको हो ।

विमानमा २०० यात्रु सवार थिए । विन्डस्क्रीन मर्मत पछि यात्रुलाई आफ्नो गन्तव्य पुग्न ५० घण्टा ठिलो भएको थियो ।

विमानलाई सेन जोसमा सुरक्षित अवतरण गराइएको छ । विमानभित्रका यात्रु कसैलाई कुनै हानी भने हुन पाएन ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स