पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन, यस्ता छन् साधारणसभाका एजेण्डा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १४ गते बुधबार पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ११०४.७२ रूपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १२८७ रुपैयाँ थियो ।

नेपाल पुनर्बीमा कम्पनीले पुस २२ गते बिहिबार कार्की ब्याक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी अन्य बीमा कम्पनीको सेयर रहेको छ ।

कम्पनीले साधारणसभामा पेश गर्ने साधारण प्रस्ताव

१. आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०७६/७७ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिवाट प्रस्तावित हालको चुक्ता पुँजी अर्बको २.५० प्रतिशतको दरले २५ करोड नगद लाभांश (लाभांश कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने ।

६ . नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्तावाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू दिप प्रकाश पाण्डे र डिल्लीराज अर्यालको कार्यकाल मिति २०७८÷०१÷२० सम्म रहेकोमा सञ्चालक समितिबाट आगामी साधारण सभा सम्मको लागि निजहरूको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने ।

विशेष प्रस्ताव

१. सञ्चालक समितिबाट प्रस्तावित हालको १० अर्बको १६.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ६५ करोड बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस सेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पुँजी वृद्धि भई ११ अर्ब ६५ करोड कायम हुनेछ ।

सोही बमोजिम प्रबन्धपत्रको दफा ६(२) र ६(३) मा छलफल गरी देहाय बमोजिम संशोधन गर्ने । कम्पनीले तल्काल जारी गर्ने सेयर पुँजी रकम ११ अर्ब ६५करोड) हुनेछ । सो पुँजीलाई प्रति सेयर १०० का दरले ११ करोड ६५ लाख कित्ता सेयरमा विभाजित गरिनेछ । दफा ६(३) कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड हुनेछ ।

२. सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्ने ।

३.कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१)(ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने ।

४.कम्पनीको प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स