१ करोड ३८ लाख फोरजी प्रयोगकर्ता

काठमाडौं । फोरजी इन्टरनेट चलाउने उपभोक्ता बढेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिर्पोट अनुसार मुलुकभर फोरजी प्रयोगकर्ता १ करोड ३७ लाख ८७ हजार ४१९ पुगेका छन् ।

असोजमा फोरजी ग्राहक १ करोड २८ लाख ६० हजार १४१ जना थिए । एक महिनाको अवधिमा फोरजी ग्राहक करिब ९ लाखले वृद्धि भएको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

फोरजी ग्राहकको आधारमा नेपाल टेलिकम अघि देखिएको छ । नेपाल टेलिकमसँग फोरजी ग्राहक ७४ लाख ८५ हजार ४३० जना छन् । एनसेलका फोरजी ग्राहक ६१ लाख ४८ हजार २४४ जना छन् । स्मार्ट टेलिकमको फोरजी ग्राहक १ लाख ५३ हजार ७४५ जना छन् ।

दूरसञ्चार प्रधिकरणका अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता ३ करोड ५३ लाख ४३ हजार जना छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स