कृषि विकास बैंक र इजीलिंकबीच आन्तरिक रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच आन्तरिक रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा कृषि विकास बैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौता पश्चात अब कृषि विकास बैंकमार्फत पठाएको आन्तरिक विप्रेषणको रकम इजीलिंक रेमिट्यान्सको नेपालभरी छरिएर रहेका ७ हजारभन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन यो सम्झौताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।

हाल इजीलिंक रेमिट्यान्सले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुबाट पठाएको रकम कृषि विकास वैंकको देशभरि रहेका शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने साथै ग्राहकको खातामा विदेशबाट आएको रकम ५ मिनेटमै जम्मा हुने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स