नेपाली भूमिको खाना पस्किएर सन्तोष साहले जिते बीबीसी मास्टरसेफ ‘रिम्याच’ को उपाधि

काठमाडौं । नेपाली भूमिको खाना पस्किएर सन्तोष साहले बीबीसी मास्टरसेफ ‘रिम्याच’ को उपाधि हासिल गर्न सफल भएका छन् । उनले सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित मास्टर्ससेफ रिम्याच प्रोफेसनल कार्यक्रममा ४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दे उक्त उपाधि हासिल गरेका हुन् ।

चार प्रतिस्पर्धीलाई उनीहरुको खाना र करियरले कति प्रगति गरेको छ भनेर देखाउनको लागि मास्टर्ससेफ रिम्याच प्रोफेसनल कार्यक्रम आयोजना गरिन्छ ।

उनले १८ वटा विभिन्न नेपाली परिकार तयार पारेर निर्णायक सामू पस्किएका थिए । उनले तयार पारेको खानामा ग्रीन बनाना करी, भात, प्याजको सलाद, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए ।

यो उपाधि हात पार्ने उनी पहिलो नेपाली हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स