काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढ्दो क्रममा देखिएको छ ।
एक सातामा बैंकहरुको निक्षेप संकलन ४ अर्ब रुपैयाँले घट्दा कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँले बढेको छ ।
पुस ९ गतेसम्म बैंकहरुले ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ ।
पुस २ गते बैंकहरुले ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गर्दा ४० खर्ब ८० अर्ब कर्जा प्रवाह गरेका थिए ।