एनबी बैंकको सिनियर डेपुटी सीईओमा पाण्डे नियुक्त

काठमाडौं । नेपाल बंगलादेश बैंकको सिनियर डेपुटी सीईओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बंगलादेश बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा कार्यरत पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा भित्राएका हो । उनले माघ १ गतेदेखि सिनियर डीसीईओको जिम्मेवारी सम्हाल्ने छन् ।

बैंक सञ्चालक समितिले बिहीबार उनलाई सिनियर डीसीईओ बनाएको हो । हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको कार्यकाल केही दिनमा सकिँदैछ । त्यसपछि पाण्डेलाई सीईओको जिम्मेवारी दिइने बुझिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा काम गर्दागर्दै उनी नेपाल बंगलादेश बैंक गएका हुन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक खुलेसँगै उनी डीसीईओका रूपमा थिए । पाण्डे चाटर्ड एकाउन्टेन्ट हुन । पाण्डेसँग दुई दशक भन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

नेपाल बंगलादेश बैंक नबिलसँग मर्जमा जाने पक्का भइसकेको छ । हालका सीईओ ढुंगाना मर्जरपछि बन्ने नयाँ बैंकको सीईओ बनेर काम गर्न चर्चा छ । यदि मर्जरमा बैंक गएन भने ढुंगानापछि बंगलादेश बैंकमा पाण्डे सीईओ बन्नेछन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक जानुअघि उनी राष्ट्रिय वाणिज्य बैंकमा डेपुटी सीईओका रुपमा थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स