सनराइज बैंकको थप ३ स्थानमा शाखारहित बैंकिङ सेवा

काठमाडौं । सनराइज बैंकले थप ३ स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले उदयपुर, सुनसरी र कैलाली जिल्लामा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

बैंकले उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. १० हडिया, सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं.८ जुटमिल चोक र कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ४ खैलाडमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

उक्त शाखारहित बैंकिङ सेवाहरु संचालनमा आए संगै बैंकको शाखारहित बैंकिङ संख्या ८३ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी जुटमिल चोकका अमन कुमार शाह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८३ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स