अश्लील शीर्षक राखी प्रयांक भिडिओ बनाउने युट्युवर पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडिओ राख्ने एक युट्युवर पक्राउ परेका छन् ।

‘साथीभाइ अनलाइन टिभी’ नामक युट्युव च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडिओ बनाएको भन्दै प्रहरीले बागलुङ घर भई हाल काठमाडौंको अनामनगर बस्ने ३५ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको हो ।

मल्लले सञ्चालन गर्ने सो युट्युव च्यानलमा प्रयांक भन्दै अश्लील शीर्षक र भिडिओ पोस्ट भएका छन् ।

निज मल्लले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको साइबर ब्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स