बैंकका कर्मचारीहरुको कर्जा र एडभान्स ५० अर्ब, कुन बैंकका कर्मचारीले कति लिए ऋण ?

काठमाडौं । वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुलाई ५० अर्ब रुपैयाँ कर्जा र एडभन्सा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाको मासिक विवरण अनुसार वाणिज्य बैंकहरुले कर्मचारीहरुलाई ४९ अर्ब ६ करोड ९२ लाख रुपैयाँ कर्जा तथा एडभान्स दिएका छन् ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्येमा २२ वटा बैंकले मात्र आफ्ना कर्मचारीलाई कर्जा र एडभान्स दिएको देखिन्छ ।

यसरी कर्मचारी माथि लगानी गर्नेमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । नबिल बैंकले कर्मचारीलाई ५ अर्ब ५४ करोड रुपैयाँ ऋण तथा एडभान्स दिएको छ ।

५ अर्ब २८ करोड रुपैयाँ कर्मचारीलाई कर्जा तथा एडभान्स दिएको राष्ट्र वाणिज्य बैंक दोस्रो स्थानमा छ ।
कर्मचारीलाई सबैभन्दा धेरै कर्जा तथा एडभान्स दिनेमा प्रभु बैंक तेस्रो स्थानमा छ । प्रभु बैंक ४ अर्ब ४७ करोड रुपैयाँ दिएको छ ।

आफ्ना कर्मचारी माथि सबैभन्दा कम लगानी गर्नेमा मेगा बैंक रहेको छ । मेगा बैंकले कर्मचारीलाई जम्म ५० लाख रुपैयाँ ऋण र एडभान्स दिएको छ ।

कुन बैंकले कति दिए कर्मचारीलाई कर्जा र एडभान्स

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स