सिद्धार्थ बैंकले उचाल्यो ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि

काठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गरेको ‘कामना सेवा फुटसल कप २०२१’ को उपाधि सिद्धार्थ बैंकले उचालेको छ । पुष ९ र १० गते आयोजना गरेको पहिलो फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको हो ।

शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा दुई दुई गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो ।

निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एक गोलले विजयी भएको हो । उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका शान्तिराम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थ बैंकको भाष्कर देवकोटा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स