काठमाडौं । सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ९३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय ५० कायम भएको छ ।