नम्बर १ बन्ने दौडमा एनआईसी एशिया र नबिल बैंक

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा नम्बर वान बन्न नबिल र एनआईसी एशियाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विगत केही वर्षदेखि नम्बर वान रहँदै आएको नबिल बैंकलाई यो वर्ष एनआईसी एशिया बैंकले चुनौती दिने देखिन्छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ५ को तथ्यांक अनुसार खुद नाफाको आधारमा एनआईसी एशिया बैंक पहिलो स्थानमा देखिएको छ ।

५ महिनाको अवधिमा एनआईसी एशिया बैंकले १ अर्ब ५९ करोड नाफा कमाएको छ । १ अर्ब ५५ करोड खुद नाफासहित नबिल बैंक दोस्रो स्थानमा छ । नबिल बैंकको तुलनामा एनआईसी एशिया बैंक ४ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्ष नबिल बैंकले ४ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो । गत आवमा एनआईसी एशिया बैंकको नाफा ३ अर्ब २५ करोड रुपैयाँ थियो ।

लाभांश

दुवै बैंकहरुले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरिसकेका छन् । नबिल बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश रहेको छ ।
एनआईसी एशिया बैंकले १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १५ प्रतिशत बोनस र ०.७८९ प्रतिशत नगद लाभांश रहेको छ ।

चुक्ता पुँजी
नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको चुक्ता ११ अर्ब ५६ करोड रुपैयाँ छ ।

सेयर मूल्य

पुस ११ गतेको बजार मूल्य अनुसार नबिल बैंकको सेयर प्रति कित्ता १५२४ रुपैयाँ र एनआईसी एशिया बैंकको सेयर प्रति कित्ता ७६९.९ रुपैयाँमा कारोबार भइरहेको छ ।

ऋण

एनआईसी एशिया बैंकले पहिलो ५ महिनामा २८ अर्ब ७२ करोड कर्जा लिएको छ भने नबिल बैंकले १२ अर्ब ६२ करोड ऋण लिएको छ ।

कर्जा विस्तार

कर्जा विस्तारमा पनि एनआईसी एशिया बैंक आक्रमक देखिएको छ । एनआईसी एशियाले २ खर्ब ७६ अर्ब ६४ करोड कर्जा र नबिलले २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

निक्षेप

एनआईसी एशिया बैंकसँग २ खर्ब ९७ अर्ब ५५ करोड रुपैयाँ र नबिल बैंकसँग २ खर्ब ३० अर्ब ५२ करोड रुपैयाँ निक्षेप छ ।

सेयर र अन्य लगानी

नबिल बैंकले सेयर र अन्य क्षेत्रमा १६ अर्ब ९५ करोड रुपैयाँ र एनआईसी एशिया बैंकले ८ अर्ब ६७ करोड लगानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स