लाभांशको लोभमा सेयर लगानीकर्ता बीमा ओइदिए

काठमाडौं । पछिल्लो समय सेयर लगानीकर्ताहरू बीमा कम्पनीमा ओइरिएका छन् । बीमा कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्न क्रममा रहेकाले यो उपसमूहको सेयरमूल्य बढेको हो । आइतबार जीवन बीमा कम्पनीहरूको नेप्से परिसूचक ९.७८ अंकले बढेको छ भने निर्जीवन बीमा कम्पनीको नेप्से परिसूचक ८.१७ अंकले बढेको छ ।

केही दिनअघिसम्म खासै आकर्षण नदेखिएको बीमा कम्पनीको सेयरमा लगानीकर्ताहरू एकाएक झुमिएका हुन् । भदौ यता करिब ३० प्रतिशतसम्म घटेको बीमा कम्पनीको सेयरको मूल्य एकाएक आकर्षण बढेको हो ।

२३ सय अंकसम्म ओर्लिएको नेप्से परिसूचक सुधारोन्मोख अवस्थामा देखिएसँगै बीमा कम्पनीको परिसूचक पनि बढेको हो । आइतबारको ७१.२० अंकको वृद्धिले लगानीकर्ता आशा जगाएको छ । बीमा कम्पनीमा देखिएको यो आकर्षणले बजार अझै नयाँ गतिमा विस्तार हुने विश्वास लगानीकर्ताहरूले लिएका छन् ।

यो साताको बजार खुलेको दिन आज आइतबार जीवन बीमा कम्पनीहरूले कुल २ लाख ७७ हजार २५० कित्ता सेयरको ८ हजार ८५४ पटकको कारोबारबाट कुल १६ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

सोहि दिन निर्जीवन बीमा कम्पनीहरूको ५ लाख ७३ हजार ६७ कित्ता सेयरको ५ हजार ६२८ पटक कारोबार भएको छ । सो दिन उक्त उपसमूहको २५ करोड ५५ लाख रुपैयाँ मूल्य बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स