१३ जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत जलविद्युत कम्पनीमध्ये १३ वटाले लाभांश घोषणा गरेका छन् । गत वर्षको नाफाबाट हालसम्म १३ वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेकामध्ये १० कम्पनीको बुक क्लोज भइसकेको छ ।

बाँकी ३ जलविद्युत कम्पनीको पनि बुक क्लोज मिती घोषणा भइसकेको छ ।

चिलिमे हाइड्रोपावरको पुस १३ गते, नेपाल हाइड्रो डेभलपरको मंगलबार र कालिका पावरको पुस १९ गते बुक क्लोज मिति तय भएको छ ।

जलविद्युत कम्पनीमध्येमा गत वर्षको नाफाबाट ङादी ग्रुप पावरले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । ङादी ग्रुप पावरले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ नगद लाभांश रहेको छ ।

२० प्रतिशत लाभांशसहित बुटवल पावर दोस्रो स्थानमा छ । बुटवल पावरले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यस्तै चिलिमे हाइड्रोपावरले साढे ७ प्रतिशत नगद र त्यति नै बोनस सेयरसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कुन जलविद्युत कम्पनीको लाभांश कति ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स