अलफ्टको ‘कस्टमर अप्रिसिएसन अवार्ड’

काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटलअलफ्ट काठमाडौंले क्रिसमसको अवसरमा वर्ष भरिमा सहयोग गर्ने पाहुनाहरुको सम्मानमा ‘कस्टमर अप्रिसिएसन अवार्ड’ आयोजना गरेको छ ।

कार्यक्रममा ज्याज म्युजिक, अवार्ड र ककटेल डिनर रहेको थियो । कार्यक्रममा करिब तीन सय संस्था तथा ब्यक्तीहरुलाई निम्तो गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।

अलफ्टको विश्वभर छब्बीस वटा देशमा एक सय चालिस भन्दा बढि होटलहरू सञ्चालमा रहेको छ । नयाँ प्रविधि, संगित र नयाँ डिजाइन सहितको होटल अलफ्ट होटल क्षेत्रको एउटा नयाँ पुस्ता हो । जसले पाहुनाहरूको अनुभवलाई आनन्दित बनाउने काम गरिरहेको छ ।

अलफ्ट काठमाडौं, शान्ती हस्पिट्यालिटी म्यानेजमेन्ट सर्भिसेसद्धारा सञ्चालित छ । अलफ्ट होटलहरू मेरियट इन्टर्नेशनलकै एउटा छुट्टै ब्रान्ड हो । हस्पिट्यालिटिको क्षेत्रमा एउटा छुट्टै साम्राज्य खडा गरेको मेरियट इन्टरनेशनलको
विश्वभर तिस भन्दा बढि ब्रान्डहरू र सात हजार भन्दा बढि होटलहरू रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स