हिमालयन बैंकले डाक्यो साधारणसभा, मर्जर के हुन्छ ?

काठमाडौं । हिमालयन बैंकले पुस ३० गते बार्षिक साधारणसभा गर्ने डाकेको छ । बैंकले गत वर्षको नाफाबाट २६ प्रतिशत लाभांश पारितसहित नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर जाने एजेण्डा पनि साधारणसभामा लैजाने भएको छ ।

बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई बराबरी हैसियतमा गाभ्ने एजेण्डा लैजाँदैछ । मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्ने अधिकार सञ्चालक समितिलाई दिइने एजेण्डा बैंकले साधारणसभामा लैजान लागेको हो ।

हिमालयन बैंक सञ्चालक समितिले ४.६२ प्रतिशत नगद लाभांश र २१.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक साधारणसभाले लाभांश पारित गरेपनि नगद लाभांश भने तत्काल भुक्तानी हुन सक्दैन ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एकआपसमा मर्ज भएर एकीकृत कारोबार गरेपछिमात्र हिमालयन बैंकका साविकका लगानीकर्ता नगद पाउने छन्।् । बोनस सेयर वितरण गर्न भने कुनै वाधा नहुन्े बैंकले जनाएको छ ।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँले बढ्ने छ । अहिले चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स