पुँजीबजारको विकासमा सघाउन प्रदेश नं. १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड

प्रदेश नं । १ मा मुख्य मन्त्री राजेन्द्र राईले मोफसलमा पुँजीबजार फस्टाएको हेर्ने आफूहरूको पनि चाहना रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ –नाफिज) र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको प्रदेशस्तरीय पुँजी बजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकार पुँजी बजारको विकास र विस्तारका लागि सरकार सदैव तप्पर रहने उनले प्रतिबद्धता जाहेर गरेका हुन् ।

‘नेपालमा अहिलेको पूँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ उनले भने, ‘त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्छ । कानुन बनाउनुपर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पु¥याउन सहयोग गर्छौं ।’

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राइले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पूँजीबजारको विरुद्धमा सरकार नरहेको बताए ।

यसैगरी, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजीबजारको विस्तार विस्तार बृहत रुपले भइरहेको बताए । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यकता अनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए ।

‘सूचीकृत कम्पनीहरुमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महसुस हुन्छ ।

‘बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ,’ गिरीले भने । बोर्डले प्रदेशस्तरमा पूँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने जानकारी दिए ।

‘प्रदेशमा बोर्डको आवश्कता महसुस गरिएको हो । तर, सो अनुसार काम गर्न कार्यसम्पादन विभाजन लगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं ।

पहिलो चरणमा प्रदेश सरकारकै कार्यालयम बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ, उनले भने ।

गिरीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कमोडिटी मार्केट ल्याउन आवश्यक काम बोर्डले अघि बढाएको पनि जानकारी दिए ।
बजारमा चल्ने हल्लाको पछि र नीतिगत प्रभावमा नपरी कम्पनीको आधारभूत स्थितिको मूल्यांकन गरेर पुँजीबजारमा लगानी गरी आफ्नो लगानीको सुनिश्चिता आफैले गर्न उनले सुझाव दिए ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पूँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए ।

प्रदेश तहमा पनि सेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमका प्रदेश १ का निजी क्षेत्रका छाता संघ संस्थाहरुको समेत उपस्थिति रहेको थियो । जसमध्ये नेपाल चेम्बर अफ कमर्श प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले पुँजीबजारका लागि स्पष्ट नीति नियमन हुनपर्ने बताए ।

उनले मोफसलमा पुँजीबजारको आर्कषण बढिरहेको बताउँदै राजधानी बाहिर पूँजीबजारमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले तीनै तहको सरकारसँग समन्यव गर्नुपर्ने आवश्यकता औंलाएका थिए ।  नीतिगत अस्थीरताले लगानीकर्ताको लगानी जोखिममा परेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का संयोजक भीम घिमिरेले सचेतनाको अभावमा देशका अधिकांश जनताले पुँजीबजारको सदुपयोग गर्न नसकेको बताए । राजधानी बाहिर पुँजीबजारका सम्बन्धमा सरोकारवाला, लगानीकर्ता र सरकारी निकाय समेत निष्कृय रहेको उनको भनाइ छ । ग्रामीण अर्थतन्त्रलाई पुँजीबजारमा जोड्न सके संगठित रुपमा बजारको विकास हुने उनको विश्वास छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार अविनास बोहराले अहिलेको पुँजीबजार काठमाडौं केन्द्रीत भएको भन्दै प्रदेशगत संरचना अनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याएका थिए । प्रदेश नम्बर १ मा पुँजीको अभाव नभएको हुँदा यो प्रदेशले पुँजीबजारको विकासमा साथ दिनसक्ने उनको भनाइ छ ।

कार्यक्रमका मर्चेन्ट बैंकर्स एशोसिएसनको तर्फबाट महासचिव पारसमणी ढकाल र ब्रोकर एशोसिएसनको महासचिव गुणनिधि भुसालले सेयर लगानीकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५० जनाभन्दा बढी लगानीकर्ता, प्राध्यापक, पत्रकार, बैंकर र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम आयोजना गरेको हो । नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स