१ खर्ब निर्यात हुँदा ११ भन्सार कार्यालयको योग्दान शून्य

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले ८ खर्ब बढीको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड बराबरको सामान आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ५९.५५ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ५ खर्ब २५ अर्ब बराबरको सामान आयात गरेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको ५ महिनामा नेपालले १ खर्ब २ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात १०५.६१ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ५० अर्ब ५ करोड बराबरको सामान निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको ५ महिनामा नेपालको ब्यापार घाटा ७ खर्ब ३५ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ५४.७० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको ब्यापार घाटा ४ खर्ब ७५ अर्ब मात्रै थियो।

५ महिनाको अवधिमा नेपालले डिजेल मात्र ४९ अर्बको आयात गरेको छ । त्यस्तै ३३ अर्ब ६६ करोडको सोयाबिन तेल, २४ अर्ब ६१ करोडको पाम तेल, २४ अर्ब १० करोडको पेट्रोल, र २३ अर्ब ११ करोडको एलपीजी ग्यास आयात गरेको छ । यस अवधिमा नेपालले ३० अर्बको सोयाबिन तेल निर्यात गरेको छ ।

निर्यात तथा आयातका लागि २४ वटा भन्सार कार्यालय सञ्चालनमा छन् । सञ्चालनमा रहेका २४ वटै कार्यालयबाट आयात हुँदा ११ वटा कार्यालबाट भने निर्यात हुन सकेको छैन ।

आयात र निर्यातको मामलामा विरगञ्ज कार्यालय शीर्ष स्थानमा रहको छ । विरगञ्जबाट २ खर्ब ९० अर्ब रुपैयाँको आयात र ४९ अर्ब ४१ करोडको निर्यात भएको छ । मुलुकको कुल ब्यापारमा विरगञ्ज भन्सारको आयातमा ३४.५९ प्रतिशत र निर्यातमा ४८ प्रतिशत योग्दान रहेको छ ।

भद्रपुर, गौर, जनकपुर, महेशपुरा, राजविराज, रसुवा, सर्लाही, सिराह, सुनसरी, तातोपानी र टाडी भन्सार कार्यालयबाट निर्यात भएको छ ।

भन्सार कार्यालयहरुको आयात र निर्यातको अवस्था

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स