नेपालमा बेनेली पानरको १२५ सिसिको स्कुटर सार्वजनिक

काठमाडौं । बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनलले नेपालमा बेनेली पानरको स्कुटर सार्वजनिक गरेको छ ।

इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीको नयाँ मोडलको स्कुटर नेपाली बजारमा भित्रिएको हो । कम्पनीले ४ वटा रङमा स्कुटर उपलब्ध भएको जनाएको छ । कम्पनीले स्कुटरको मूल्य ३ लाख २४ हजार तोकेको छ ।

नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनल हो । जसमा पन्चकन्या ग्रुप,शारदा ग्रुप र फिस्टेल ग्रुपको लगानी रहेको छ ।

१ सय २५ सिसिको इएफआइको इन्जिन भएको यो स्कुटरले प्रतिलिटर ४५ किलोमिटरसम्म माइलेज दिने बताइएको छ ।

यसको ट्याङ्की क्षमता ४.५ लिटरको रहेको केटिएम इन्टरनेशनका सेल्सका निर्देशक उदिप श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स