पठाओमा दुर्घटना बीमा, यस्ता छन् प्रावधान

काठमाडौं । राइड सेयरिङ पठाओमा दुर्घटना बीमा उपलब्ध भएको छ । पठाओले एभरेष्ट इन्स्योरेन्ससँगको समन्वयमा राइडर र सेवाग्राही दुवैको राइडको समयको दुर्घटना बीमा शुरु गरेको हो ।

राइडर ९चालक० र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले ‘राइड सेयरिङ बीमा’ शुरु गरेको पठाओले मोबाइल एप मार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बीमा माग दाबी गर्न नमिल्ने पठाओ नेपाल प्रालिका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

पठाओ एप मार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडर (चालक)हरुको १ लाखसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा ५ लाखसम्म बीमा दाबी गर्न सकिन्छ। दुर्घटना भएर उपचारको क्रममा मृत्यु भएमा ६ लाख सम्मको बीमा दावी गर्न सकिने बस्न्यात बताउँछन् ।

सेवाग्राहीले राइड सेयरिङ बीमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, ब्यक्तिगत जानकारी सहि हुनुपर्ने र यात्रा शुरु गर्नुपुर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भए बमोजिम छ कि छैन जाँच गरेर मात्र सवारी लिनुपर्ने छ ।

सेवाग्राही र राइडरको पठाओ एपमा ब्याक्तीगत बिवरण सहि हुनुपर्ने र दुर्घटना भएपश्चात सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर प्रहरीलाई तत्काल खबर गर्नुपर्ने र सोही दिन पठाओमा ०१-५९७००९९ मा फोन गरेर वा सामाजिक संजाल मार्फत खबर गरि र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा बिमा माग दावी गर्न सकिने बताइएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स