५ सयको नयाँ नोट प्रचलनमा, सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ ।

बैंकले ५ सय रुपैयाँ दरको साविककै आकार तथा रंगमा, संकेत नं. छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांश सहित नयाँ नोट पुस ९ गतेदेखि चलनचल्तीमा ल्याएको छ ।

नोटको अग्र भागमा

नोटको बाँयातर्फ सगरमाथिको चित्र रहेको छ ।

नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

नोटमा गभर्नरको दस्तखत रहेने स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको ।

नोटको तल्लो भागको बार्डरुमा नोटको Series Number नेपालीमा ‘वि.सं २०७७’ लेखिएको ।

३.५ मि.मी. चौडा भएको रंङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको ।

सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रंङ परिवर्तन हुने (नेटलाई सीधा हेर्दा सुनौलो रंङ र ढल्काएर हेर्दा हरियो रंङ देखिने) कुबेरको चित्र रहेको ।

लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थाप्ेलाहरु रहेको ।

नोटको पृष्ठ भागमा

नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको ।

नोटको मध्य भागमा पाटेबाघको चित्र रहेको ।

नोटको तल्लो भागमा अंग्रेजीमा ‘RUPEES FIVE HUNDRED’ लेखिएको ।

नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा ‘2020 A.D’ लेखिएको ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स