काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनललेले अमेरिकी डलरको बिक्री सुरु गरेको छ ।
बजारमा अमेरिकी डलरको अभाव देखिएपछि ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो ।
विभिन्न प्रयोजनका लागी विदेश जानुपर्ने ग्राहक महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ ।
यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग , कुमारीपाटी , बौद्ध , कोटेश्वर,कुलेश्वर ,ठिमी, कमलादी ,न्यूरोड, डिल्लीबजार, नयाँबजार,भैंसीपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।
सिटिजन्स बैंकले अहिले १७४ शाखा मार्फत बैंकिङ सेवा दिएको छ ।