लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको उक्त लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स