कांग्रेस निर्वाचनको मतगणना सकियो, दोस्रो कार्यकालमा देउवा अझ शक्तिशाली

काठमाडौं । नेपाली कांग्रेसमा १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् ।

निर्वाचनले नेपाली कांग्रेसको सभापतिमा शेयर वहादुर देउवालाई विजयी बनाएको छ । देउवा पक्षले ८२ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यमा जितेको छ । दोस्रो कार्यकालमा देउवा थप शक्तिशाली बनेका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १३ पदाधिकारीमा मध्ये सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय (डिना) जीवन परिवार, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित भएका छन् । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट मनोनित गरिने छ ।

पदाधिकारीमा – १३ सिट

पदाधिकारीमा सभापति देउवासहित उपसभापति खड्का, सहमहामन्त्रीहरु राठौर, आङदेम्बे, उपाध्याय, यादव, मन्सुर र उमाकान्त चौधरी विजयी भएका छन् । कोइराला प्यानलबाट उपसभापति गुरुङ, महामन्त्री थापा, सहामहामन्त्री पाण्डे र परियार निर्वाचित भएका छन् । प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा शर्मा निर्वाचित भएका छन् ।

१२१ केन्द्रीय सदस्य मध्ये ३५ खुल्लातर्फ, २१ भूगोलतर्फ, ९ महिला खुल्लातर्फ, ९ मधेसी खुल्लातर्फ, ४ थारु खुल्लातर्फ र ३ मुस्लिम खुल्लातर्फ, ७ खस–आर्य खुल्लातर्फ, ६ खस–आर्य महिलातर्फ ५ दलित खुल्लातर्फ, ४ दलित महिलातर्फ, ८ आदिवासी–जनजाति खुल्लातर्फ र ७ महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

यस्तै अपांगता, अल्पसंख्यक र पिछडिएका क्षेत्रतर्फ एक एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा प्यानलबाट ११०, कोइराला प्यानलबाट १७७ र सिंह प्यानलबाट १ जना केन्द्रीय सदस्य जितेका छन् । निर्वमान महामन्त्री शशांक कोइरालाले भने आफू साझा उम्मेदवारको रुपमा विजयी भएको बताएका छन् ।

कोइराला प्यानलबाट खुल्लामा ९ जना, महिला, प्रदेश १, गण्डकी प्रदेश, दलित खुला, मधेशी खुला, जनजाति खुला, खस आर्य पुरुष र खस आर्य महिलातर्फ १–१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स