मध्य भोटेकोसीको ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिसेयर अङ्कित मूल्य १०० रहेको ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्तालाई निष्काशन गरेको १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीलाई निष्काशन गरेको ६ लाख कित्ता, संस्थापक सेयरधनी संस्थामा काम गर्ने कर्मचारीलाई वितरण गरेको २१ लाख कित्ता र कम्पनीको संस्थापकको लगानी रहेको ३ करोड छ लाख कित्ता गरी कूल ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

मध्य भोटेकोसी जलविद्युत् कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत सर्वसाधारणसमक्ष साधारण सेयरको बिक्री खुला गरेको थियो । नेप्सेले जारी गरेको सूचनाअनुसार कम्पनीको संकेत (एमबिजेसी) रहने र कारोबार सोही संकेतका आधारमा हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स