यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगेको छ ।

बिहिबार २२९ कम्पनीको सेयर ५९ हजार ८ पटक कारोबार भएको छ । ८३ लाख २३ हजार ९२३ कित्ता सेयर खरिद बिक्री भई ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँको कारोबार भएको छ । कारोबारमा ८७ कम्पनीको सेयर मूल्य घटेकोे छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्य सवभन्दा बढी ६.७४ प्रतिशतले घटेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ९०५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ८४४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

समलिङ पावर कम्पनीको सेयर मूल्य ४.८० प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ४५८ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४३६ रुपैयाँमा कारोबार भएको छ ।

सानिमा माई हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सवभन्दा कम ०.०२ प्रतिशतले घटेकोे छ । सो कम्पनीको हिजोे प्रति कित्ता सेयर मूल्य ४०८.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९४०८ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका दश कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स