आज सेयर मूल्य बढेका १० कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगेको छ ।

बिहिबार २२९ कम्पनीको सेयर ५९ हजार ८ पटक कारोबार भएको छ । ८३ लाख २३ हजार ९२३ कित्ता सेयर खरिद बिक्री भई ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँको कारोबार भएको छ । कारोबारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ ।

शिखर इन्स्योरेन्सको सेयर मूल्य सवभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य १,५३५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,६८८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

वरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.३१ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ४५१ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४९३ रुपैयाँमा कारोबार भएको छ ।

९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चर २०८५ को सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले बढेको छ । सो डिबेञ्चरको हिजोको प्रति कित्ता सेयर मूल्य ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९७५.१० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका १० कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स