पाँच महिनामै नेपालले गर्यो १ खर्ब २ अर्बको वस्तु निर्यात, व्यापारघाटा भने ७ खर्ब ३५ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले ८ खर्ब बढीको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड बराबरको सामान आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ५९।५५ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ५ खर्ब २५ अर्ब बराबरको सामान आयात गरेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको ५ महिनामा नेपालले १ खर्ब २ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात १०५.६१ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ५० अर्ब ५ करोड बराबरको सामान निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको ५ महिनामा नेपालको ब्यापार घाटा ७ खर्ब ३५ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ५४.७० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको ब्यापार घाटा ४ खर्ब ७५ अर्ब मात्रै थियो।

५ महिनाको अवधिमा नेपालले डिजेल मात्र ४९ अर्बको आयात गरेको छ । त्यस्तै ३३ अर्ब ६६ करोडको सोयाबिन तेल, २४ अर्ब ६१ करोडको पाम तेल, २४ अर्ब १० करोडको पेट्रोल, र २३ अर्ब ११ करोडको एलपीजी ग्यास आयात गरेको छ । यस अवधिमा नेपालले ३० अर्बको सोयाबिन तेल निर्यात गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स