काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर ९३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १२ सय ६० रूपैयाँ कायम भएको छ ।