सनराइज बैंकको भिसा कार्ड सहकारीका ग्राहकले पनि पाउने

काठमाडौं । सनराइज बैंकको भिसा कार्ड सहकारी संस्थाका ग्राहकहरूले पाउने भएका छन् । सनराइन बैंकको सहयोगमा सहकारीहरूले भिसा डेबिट कार्ड जारी गर्ने भएका हुन् ।

सनराइज बैंकले सहकारी संस्थाका ग्राहकलाई को ब्रान्डेड डेबिट कार्ड जारी गर्नेछ । यसका लागि बैंकले पायोनियर एसोसियट्स (कोसिस सहकारी सफ्टवेयर), आईमार्क र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्प (नेप्स)सँग सहकार्य गरिएको छ ।

डेबिट कार्ड जारी गर्ने परियोजना आजबाट लाइभ गरिएको हो । पहिलो चरणमा ४ सहकारीसँग सम्झौता भएको छ । चालु आर्थिक वर्षभित्र थप २५ सहकारीमा विस्तार गर्ने लक्ष्य बैंकको छ ।

बैंकले को–ब्रान्ड कार्ड जारी गर्न भिसा इन्टरनेसनलबाट सहमति लिइसकेको जनाएको छ । बैंकले कार्ड तथा ई–बैंकिङ क्षेत्रमा नयाँ आयाम थप्दै नेपाल सरकारको उद्देश्य अनुरुप डिजिटल भुक्तानीलाई अघि बढाएको हो ।

नेपाल राष्ट्र बैंकको प्राथमिकता बमोजिम डिजिटल भुक्तानीको क्षेत्रमा थप सेवा विस्तार गरी डिजिटल बैंकिङमा बढि भन्दा बढि सर्वसाधारणको पहुँच पु¥याउने उद्देश्य अनुसार अगाडि बढाइएको बैंकको भनाइ छ ।

राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई जोड दिँदै सहकारी संस्थाहरूलाई समेत लक्षित गरि चालु मौद्रिक नीतिमा सहकारीका ग्राहक समक्ष समेत विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गर्ने उल्लेख थियो ।

मौद्रिक नीतिको सोही कार्यक्रमानुसार नै बैंकले सहकारीका लागि भिसा को–ब्रान्ड डेबिट कार्ड जारी गरेको जनाएको छ । यो कार्ड नेपालका साथै भारत र भुटानमा पनि प्रयोग गर्ने सकिने जनाइएको छ ।

यसरी जारी हुने कार्ड मार्फत हुने कारोबारका लागि सनराइज बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने छ ।

कार्ड जारी गर्नका लागि सम्बन्धित कार्ड स्किम भिसा इन्टरनेसनलसँग आवश्यक पहल गरी आइडेन्टिफिकेसन नम्बर उपलब्ध गराउने तथा कार्ड पर्सनलाइजेसन गर्ने काम बैंकले गर्ने जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स