दुई न्यायाधीशको राय बाझिदा १५ औं पेशीमा पनि ढुंगानाको मुद्दा टुंगो लागेन, अब पूर्ण इजलासमा जाने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानाको मुद्दा १५ औं पेशीमा पनि टुंगो लाग्न सकेन । आजको इजलासमा दुई न्यायाधीशको राय बाझिएपछि ढुंगानाको मुद्दाको टुंगो नलागेको हो ।

न्यायाधीशद्वय प्रकाशसिंह राउत र डा.कुमार चुडालको इजलास नम्बर आठमा ढुंगानाको पेशी चढेको थियो । दुई न्यायाधीशले आ–आफ्नै राय पेश गरेका थिए ।

न्यायाधीशद्वयका राय एकआपसमा बाझिएपछि उक्त मुद्दा पूर्ण इजलासमा जाने भएको छ । आज बसेको न्यायाधीशद्वयको इजलासले उक्त मुद्दा पूर्ण इजलासमा लैजानु पर्ने भन्दै राय बाझी आदेश गरेको छ ।

कुनै पनि मुद्दामा रायबाझी आदेश आउनु भनेको दुई न्यायाधीशका राय एक आपसमा बाझिएको भन्ने जनाउ दिन्छ ।

त्यसपछि उक्त मुद्दा तीन न्यायाधीश भएको पूर्ण बेन्चमा पठाइन्छ । त्यहीबाट बहुमत रायको आधारमा फैसला हुने गर्छ सर्वाच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स