काठमाडौं । प्राइम कमर्सियल बैंकले १६ प्रतिशत प्रस्तावित लाभांश पारित गरेको छ ।
बैंकको १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरूलाई उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंकले २ अर्ब ५७ करोड ३२ लाख बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको हो ।